काठमाडौँ – सरकारले नागरिकता प्राप्त गर्ने प्रक्रियालाई सहज बनाउँदै बसाइँ सरेकै स्थानबाट नेपाली नागरिकता तथा गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि लिन सकिने व्यवस्था गरेको छ । नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ ले नागरिकताको प्रतिलिपि लिन सकिने अवस्था, प्रक्रिया र आवश्यक कागजातबारे नयाँ व्यवस्था गरेको हो । नियमावलीको नियम १६ ख अनुसार अब पाँच अवस्थामा नागरिकताको प्रतिलिपि लिन पाइनेछ ।
नियमावलीअनुसार नागरिकता प्रमाणपत्र आगलागी वा पानीले भिजेर नष्ट भएमा, च्यातिएर प्रयोग गर्न नसकिने भएमा, हराएमा, बसाइँसराइ गरेमा वा नयाँ ढाँचामा आवश्यक परेमा प्रतिलिपि लिन सकिनेछ । यसका लागि सम्बन्धित व्यक्तिले आवश्यक कागजातसहित जिल्लाको प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिनुपर्नेछ । बसाइँसराइ भएको अवस्थामा नागरिकताको सक्कल प्रमाणपत्र, बसाइँसराइको प्रमाणपत्र र सम्बन्धित स्थानीय तहको सिफारिस पेस गर्नुपर्ने व्यवस्था छ ।
आगलागी वा पानीका कारण नागरिकता नष्ट भएको तथा हराएको अवस्थामा त्यससम्बन्धी प्रमाण उपलब्ध गराउनुपर्नेछ । प्रमाणपत्रको प्रतिलिपिसमेत नभएको अवस्थामा राष्ट्रिय परिचयपत्र, राहदानी वा जग्गाधनी पुर्जामध्ये कुनै एक कागजात पेस गर्न सकिनेछ । नियमावलीले डिजिटल अभिलेखका आधारमा सेवा लिन पनि सहज बनाएको छ । नागरिकता सूचना व्यवस्थापन प्रणालीमा रहेको व्यक्तिगत





