डिम्याट खाता ८० लाख नाघ्यो, सक्रिय ‘मेरो सेयर’ प्रयोगकर्ता ५१ लाखभन्दा बढी

काठमाडौं – नेपालमा सेयर कारोबारका लागि डिम्याट खाता खोल्नेको संख्या ८० लाख नाघेको छ। सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार हालसम्म ८० लाख ९ हजार ६२३ वटा डिम्याट खाता खोलिएका छन्। यसमध्ये ‘मेरो सेयर’ का सक्रिय प्रयोगकर्ताको संख्या ५१ लाख ४८ हजार ८९४ रहेको छ। करिब २९ लाख डिम्याट खाता भने निष्क्रिय अवस्थामा रहेका छन्। एउटै व्यक्तिले दुई वा दुईभन्दा बढी डिम्याट खाता खोल्न पाउने व्यवस्थाका कारण पनि कुल खाताको संख्या उच्च देखिएको सीडीएस एन्ड क्लियरिङले जनाएको छ।

त्यसैगरी हालसम्म डिम्याट गरिएको सेयरको संख्या १८ अर्ब ६० करोड २९ लाख ५८ हजार ७८२ कित्ता पुगेको छ। बजारमा सूचीकृत कुल सेयर संख्या भने १९ अर्ब २७ करोड ६४ लाख ८८ हजार ६९८ कित्ता रहेको छ। सीडीएस एन्ड क्लियरिङका अनुसार अझै ६७ करोड ३५ लाख २९ हजार ९१६ कित्ता सेयर डिम्याट हुन बाँकी रहेको वा विभिन्न कारणले नष्ट भएको हुन सक्ने अनुमान गरिएको छ। डिम्याट प्रणालीले भौतिक सेयरलाई विद्युतीय अभिलेखमा रूपान्तरण गरी सेयर कारोबारलाई सुरक्षित, छिटो र पारदर्शी बनाउने व्यवस्था प्रदान गर्दै आएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्