सानिमा क्यापिटलकी मर्चेन्ट हेड रश्मी रिजालले आफैले गरेकी थिइन् आत्मदाह

सांकेतिक तस्बिर

काठमाडौं। काठमाडौंको तारकेश्वर नगरपालिका-१ स्थित कालेबासे चुनीदेवी बालुवा प्रशोधन केन्द्र नजिक शनिबार एक महिलाको शव कारभित्र जलेको अवस्थामा फेला परेको छ। मृतक नुवाकोटको बेलकोटगढी नगरपालिका घर भई मनमैजु बस्दै आएकी ४५ वर्षीया रश्मी रिजाल रहेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार साउन ८ गते बिहान घरबाट निस्किएकी रिजाल घर नफर्केपछि परिवारले खोजतलासका लागि निवेदन दिएको थियो। त्यसक्रममा शंकास्पद रूपमा पार्किङ गरिएको बिएई ०४१० नम्बरको विद्युतीय कारभित्र उनको शव फेला परेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रारम्भिक अनुसन्धानमा रिजालले आफैंले शरीरमा पेट्रोल छर्केर कारभित्र आगो लगाई आत्मदाह गरेको देखिएको छ। घटनास्थलको सीसीटीभी फुटेजमा अन्य व्यक्तिको संलग्नता नदेखिएको र कारभित्र तीन वटा लाइटर समेत बरामद भएको प्रहरीले जनाएको छ। पोस्टमार्टमपछि शव परिवारलाई बुझाइएको छ। नक्सालस्थित सानिमा क्यापिटल लिमिटेडमा मर्चेन्ट हेडका रूपमा कार्यरत रिजाल केही समयदेखि मानसिक तनावमा रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्