काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको भाउ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा एक हजार ३०० रुपैयाँले घटेको हो । हिजो तोलाको २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज घटेर तोलाको २ लाख ९१ हजार ५०० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
यस्तै चाँदीको भाउ पनि आज घटेको छ । हिजो तोलाको ५ हजार १५० रुपैयाँमा कारोबार भएको चाँदी आज ९० रुपैयाँले घटेर तोलाको ५ हजार ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।






