काठमाडौं – यशोदा फुड्स प्रा. लि.ले गर्मी मौसममा अत्यधिक तापक्रमका कारण खाद्य उत्पादनको गुणस्तरमा असर पर्न सक्ने भन्दै विक्रेता तथा उपभोक्तालाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।
कम्पनीले जारी गरेको जनहित सम्बन्धी सूचनामा आफ्ना उत्पादनहरू घाम तथा पानी नपर्ने सुरक्षित स्थानमा भण्डारण गरी उचित तरिकाले बिक्री–वितरण गर्न सम्पूर्ण विक्रेतालाई अनुरोध गरेको छ ।
नेपालका हजारौं नागरिकलाई रोजगारी प्रदान गर्दै आएको तथा कृषि क्षेत्रमा योगदान पुर्याइरहेको यशोदा फुड्सले विश्वका २२ भन्दा बढी मुलुकहरूमा उत्पादन निर्यात गर्दै विदेशी मुद्रा आर्जनमा समेत योगदान दिँदै आएको जनाएको छ ।
कम्पनीले उपभोक्तालाई पनि उत्पादन प्रयोग गर्नु अघि उत्पादन मिति र म्याद सकिने मिति अनिवार्य रूपमा जाँच गर्न आग्रह गरेको छ ।
“गुणस्तर, स्वाद र सन्तुष्टि नै हाम्रो लक्ष्य हो” भन्ने नारासहित सञ्चालनमा रहेको यशोदा फुड्स प्रा. लि. रूपन्देहीको मधवलियामा रहेको छ ।







