काठमाडौँ – काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ गोठाटार हाइटस्थित अर्किड प्युपल सेकेण्डरी स्कुलले नयाँ वर्ष २०८३ को अवसर पारेर शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ । विद्यालयले हरेक वर्षझैँ यस वर्ष पनि नयाँ वर्षको पूर्वसन्ध्यामा कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा विद्यार्थी, अभिभावक तथा शिक्षकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । जसमा विद्यालयले परीक्षाफल समेत प्रकाशन गरेको थियो ।

विद्यालयका संस्थापक प्रेमकुमार भुजेलले नयाँ वर्षले सबैमा नयाँ उत्साह, ऊर्जा र सकारात्मक सोच ल्याउने विश्वास व्यक्त गर्दै यस्ता कार्यक्रमले विद्यालय र अभिभावकबीचको सम्बन्ध अझ सुदृढ बनाउने बताउनुभयो ।
त्यस्तै प्रिन्सिपल चोलेन्द्र बहादुर कार्कीले देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली, शिक्षाप्रेमी, शिक्षक, विद्यार्थी र अभिभावकहरूमा नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना व्यक्त गर्नुभयो । उहाँले विद्यालयको शैक्षिक गुणस्तरलाई अझ उचाइमा पुर्याउने प्रतिबद्धता समेत जनाउनुभयो ।

विद्यालय संयोजक नरेन्द्र प्रसाद पाण्डेयले यस्ता कार्यक्रमले आपसी सद्भाव, सहकार्य र आत्मीयता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै आगामी दिनमा विद्यालयलाई अझ प्रभावकारी र गुणस्तरीय बनाउनेतर्फ सबैको साथ आवश्यक रहेको बताउनुभयो ।








