चितवन – रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रोपटक प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति समेत रहेका लामिछानेले ५४ हजार ४०२ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी मिना खरेल (नेपाली कांग्रेस) ले १४ हजार ५६४ मत प्राप्त गरिन्। लामिछानेले खरेललाई ३९ हजार ४६८ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्।
यससँगै चितवन–२ मा लामिछानेले लगातार तेस्रोपटक विजय हासिल गरेका छन्। फराकिलो मतान्तरसहितको यस जितलाई चितवन क्षेत्रमा रास्वपाप्रतिको बलियो जनसमर्थनको रूपमा हेरिएको छ।







