काठमाडौं-१० मा रास्वपाका प्रदीप विष्ट विजयी

काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर १० बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रदीप विष्ट विजयी भएका छन्। अन्तिम मतपरिणाम अनुसार विष्टले ३७ हजार ४६९ मत प्राप्त गर्दै शानदार जित हासिल गरेका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका हिमाल कार्की ले ८ हजार १०० मत प्राप्त गरे। त्यस्तै नेकपा एमालेका विनोद श्रेष्ठ ले ४ हजार ८६४ मत, नेपाली कम्युनिस्ट पार्टीकी रुपा महर्जन (श्रेष्ठ) ले २ हजार ६४८ मत ल्याए। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका बलराम थापा ले २ हजार २३९ मत र उज्यालो नेपाल पार्टीका राकेश न्यौपाने ले ९२७ मत प्राप्त गरेका छन्।

५१ वर्षीय विष्ट रास्वपाको घण्टी चुनाव चिन्हबाट चुनाव लड्दै काठमाडौं–१० बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्