काठमाडौँ- काठमाडौँको पुरानो सिनामंगल पेप्सीकोलास्थित नेक्सस इन्टरनेशनल स्कुलले विभिन्न पदका लागि आवेदन आह्वान गरेको छ। योग्य, सक्षम र जिम्मेवार उम्मेदवारहरूबाट विद्यालयले माध्यमिक तहको सामाजिक अध्ययन शिक्षक, प्रारम्भिक तह (अर्ली इयर्स) शिक्षक, विद्यालय सरसफाइकर्मी तथा विद्यालयको लागि सवारी चालक पदमा जनशक्ति आवश्यक रहेको जनाएको छ।
सूचनाअनुसार माध्यमिक तहको सामाजिक अध्ययन शिक्षकका लागि समाजशास्त्र विषयमा स्नातक वा स्नातकोत्तर उत्तीर्ण गरी कम्तीमा २–३ वर्षको अध्यापन अनुभव हुनुपर्नेछ। पाठ्यक्रम तथा मूल्याङ्कन प्रणालीको ज्ञान, कक्षा व्यवस्थापन, सञ्चार सीप तथा सूचना प्रविधिमैत्री शिक्षण क्षमता आवश्यक रहेको उल्लेख छ।
त्यसैगरी प्रारम्भिक तह शिक्षकका लागि स्नातक तह उत्तीर्ण भई अन्तर्राष्ट्रिय वा थीमेटिक शिक्षण पद्धतिमा कम्तीमा २ वर्षको अनुभव तथा अंग्रेजी र नेपाली दुवै भाषामा दक्षता अनिवार्य गरिएको छ।
विद्यालय सरसफाइकर्मी पदका लागि साक्षर, शारीरिक रूपमा सक्षम, इमान्दार र अनुशासित व्यक्ति आवश्यक रहेको छ भने विद्यालय सवारी चालकका लागि वैध सवारी चालक अनुमतिपत्र, कम्तीमा ३ वर्षको अनुभव तथा सवारी नियमको राम्रो ज्ञान हुनुपर्ने विद्यालयले जनाएको छ।
सबै पदका लागि तलब तथा सुविधा विद्यालयको नियमअनुसार प्रदान गरिने र छनोटमा परेका उम्मेदवारलाई मात्र अन्तर्वार्ताका लागि बोलाइने सूचनामा उल्लेख छ। इच्छुक उम्मेदवारहरूले २०२६ फेब्रुअरी ६ तारिखभित्र अद्यावधिक बायोडाटा (CV) इमेलमार्फत [email protected] मा पठाउन विद्यालयले आग्रह गरेको छ।







