काठमाडौँ – नेपाली कांग्रेसले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा यसअघिका विजयी उम्मेदवार रमेश लेखकलाई टिकट नदिँदै हरि बोहोरालाई उम्मेदवार बनाएको छ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बनेर विजयी भएका लेखक यसपटक टिकटबाट वञ्चित भएका हुन्। पार्टीले उनको स्थानमा हरि बोहोरालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
जेनजी आन्दोलनका बेला गृहमन्त्रीको जिम्मेवारीमा रहेका लेखकलाई टिकट नदिने निर्णय कांग्रेसले आन्तरिक समीकरण र राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै लिएको बताइएको छ। तर कांग्रेसबाट बलियो उम्मेदवारको रूपमा लेखकलाई लिईन्छ ।
कांग्रेसको यो निर्णयसँगै कञ्चनपुर–३ को चुनावी प्रतिस्पर्धा थप चासोपूर्ण बनेको छ। पार्टीभित्रको यो परिवर्तनलाई स्थानीय राजनीति र आगामी निर्वाचन रणनीतिसँग जोडेर हेरिएको छ।





