काठमाडौं । नेपाली कांग्रेसले भक्तपुर–२ प्रतिनिधिसभा निर्वाचनका लागि कविर राणालाई उम्मेदवार बनाएको छ। कांग्रेसको संसदीय बोर्डले मंगलबार बिहान राणालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
यस क्षेत्रमा अघिल्लो निर्वाचनमा कांग्रेसका उम्मेदवार तथा जिल्ला सभापति दुर्लभ थापाले जित हासिल गरेका थिए। थापाले जितेको क्षेत्रमा यसपटक पार्टीले राणालाई उम्मेदवार बनाएको हो।
भक्तपुर–२ मा नेकपा एमालेबाट महेश बस्नेत र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीव खत्री उम्मेदवार बनेका छन्।





