अपिहिमाल गाउँपालिका र सुदूरपश्चिम रोयल्सबीच खेल–पर्यटन प्रवर्द्धनमा सहकार्य हुने

काठमाडौँ —  दार्चुलाको अपिहिमाल गाउँपालिकाले सुदूरपश्चिमको खेल–पर्यटन विकासमा सुदूरपश्चिम रोयल्ससँग सहकार्य गर्ने भएको छ । अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगत सिंह ठेकरे बोहराले सहकार्य गर्ने  बताएका हुन् ।

नेपाल प्रिमियर लिग (NPL) काे महत्त्वपूर्ण टिम सुदूरपश्चिम रोयल्सले अफिसमै आमन्त्रण गरी अपिहिमाल गाउँपालिकालाई सम्मान तथा न्यानो मायाको चिनो प्रदान गरेको थियो भने सोहि क्रममा दुवै पक्षबीच आगामी दिनमा सहकार्य गर्ने औपचारिक समझदारी बनेको हो।

सहकार्यअन्तर्गत निर्माणाधीन सम्तेली चौड हाई अल्टिच्युड क्रिकेट रंगशालामा छिट्टै प्राक्टिस म्याच आयोजना गर्ने, टिमका खेलाडीहरूलाई अपिहिमाल बेस क्याम्प ट्रेकका माध्यमबाट रिफ्रेसमेन्ट भ्रमण गराउने र रोयल्सले ट्रफी जितेमा अपिहिमाल विशेष भ्रमण कार्यक्रम संचालन गर्ने विषयमा दुवै संस्थाबीच सहमति भएको अध्यक्ष बोहराले बताए।

उनका अनुसार यस्ता गतिविधिले अपिहिमाल क्षेत्रको पर्यटन प्रवर्द्धन, खेलमैत्री वातावरण निर्माण र सुदूरपश्चिमको समग्र पहिचान अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न ठूलो मद्दत पुर्‍याउनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्