हमाससँग रहेका जीवित सबै २० जना बन्धक रिहा

तस्बिर : एजेन्सी

तेल अभिभ – प्यालेस्टिनी विद्रोही समूह हमासले आफूसँग रहेका सबै २० जना जीवित बन्धकलाई फिर्ता गरेको छ। सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणका क्रममा बन्धक बनाइएकामध्ये जीवित रहेका सबैलाई अन्तर्राष्ट्रिय रेडक्रस समितिको जिम्मा लगाइएको हमासले जारी गरेको विज्ञप्ति उद्धृत गर्दै बीबीसीले जनाएको छ।

इजरायलमाथिको आक्रमणका क्रममा २ सय ५१ जना अपहरणमा परेका थिए। तीमध्ये विभिन्न चरणमा जीवित र मृतक फिर्ता दिइँदै गर्दा अन्ततः ४८ जना बाँकी थिए। त्यसमा अघिल्ला युद्धका एक सैनिकसमेत परेका थिए। हाल हमासले ती सबै ४८ जनालाई फिर्ता गर्न सहमति जनाएको हो, जसमा २० जना जीवित र २६ जना मृतक रहेका छन्।

नेपालका विपिन जोशीसहित अझै २ जनाको अवस्था अज्ञात रहेको बताइएको छ। इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार, इजरायली सेनाले विपिन जीवित रहेको कुनै ठोस प्रमाण नपाएको औपचारिक रूपमा जानकारी दिएको छ। तर, पण्डितका भनाइमा, बहुराष्ट्रिय सेनाले गाजामा रहेका सुरुङहरूमा खोजी कार्य जारी राखेको छ। जीवित र मृतक दुवै सूचिमा विपिनको नाम नदेखिएकाले उहाँको भेटिने आशा अझै बाँकी रहेको जोशीका आफन्तहरूले बताएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्