काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इजरायलको सर्वोच्च नागरिक सम्मान प्रदान गरिने भएको छ । इजरायली राष्ट्रपति इसाक हर्जोगको कार्यालयले यसबारे औपचारिक जानकारी दिएको हो ।
ट्रम्प अहिले इजरायलको औपचारिक भ्रमणमा छन्, जहाँ उनको स्वागत प्रधानमन्त्री बिन्यामिन नेतन्याहूले गरेका छन् । इजरायली नेतृत्वले ट्रम्पले आफ्नो कार्यकालमा इजरायलको हितका लागि पुर्याएको योगदानको कदर गर्दै उनलाई यो उच्च सम्मान प्रदान गर्न लागेको बताइएको छ ।
उक्त सम्मान समारोह तेल अविभमा विशेष कार्यक्रममार्फत आयोजित गरिने तयारी भइरहेको इजरायली सञ्चारमाध्यमहरूले जनाएका छन् ।
ट्रम्पले अमेरिकी राष्ट्रपति रहँदाको समयमा यरुशलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिएका थिए र अमेरिकी दूतावास पनि त्यही सारेका थिए, जसलाई इजरायलले ऐतिहासिक निर्णयका रूपमा व्याख्या गरेको छ ।






