भारतमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो, ३१ सय भन्दा धेरैको मृत्यु

काठमाडौँ – भारतमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ ।
वल्ड्रोमिटरर्सको पछिल्लो तथ्याङ्कअनुसार भारतमा कोरोना संक्रमितको संख्या १ लाख १ सय ६१ रहेका छ । भारतमा पछिल्लो केहि दिन यता दैनिक ५ हजारभन्दा बढी कोरोना संक्रमित थपिदै आएका छन् । यहाँ यो भाइरसबाट ज्यान गुमाउनेको संख्या ३१ सय ४४ पुगेको छ भने ३८ हजार भन्दा बढी उपचार पछि निको भएका छन् । दक्षिण एसियामा भारत कोरोनाबाट सबैभन्दा बढी प्रभावित मुलुक हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्