चीनले नयाँ भू–उपग्रह ‘फेंग्युन–३–०८’ सफलतापूर्वक प्रक्षेपण गर्‍यो

बेइजिङ, चीन – चीनले आफ्नो नयाँ भू–उपग्रह ‘फेंग्युन–३–०८’ अन्तरिक्षमा सफलतापूर्वक प्रक्षेपण गरेको छ। उत्तरपश्चिम चीनको च्युच्वान भू–उपग्रह प्रक्षेपण केन्द्रबाट स्थानीय समय अनुसार बिहान ३ बजेर २८ मिनेटमा यो प्रक्षेपण सम्पन्न भएको चीनको समाचारसंस्था सिन्ह्वाले जनाएको छ।

‘फेंग्युन–३–०८’ उपग्रहको मुख्य उद्देश्य मौसम पूर्वानुमान, वातावरणीय अध्ययन, वायुमण्डलीय रसायन विश्लेषण र जलवायु परिवर्तनको निगरानी गर्नु रहेको छ। उपग्रहलाई ‘लङ्ग मार्च–४सी’ प्रक्षेपण यानमार्फत अन्तरिक्षमा पठाइएको थियो र निर्धारित कक्षमा सफलतापूर्वक स्थापित गरिएको चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए) ले जनाएको छ।

यस भू–उपग्रहमा क्यामेरा र इमेजर सहित नौवटा अवलोकन यन्त्रहरू जडान गरिएको छ। सीएनएसएका अनुसार, यस प्रक्षेपणसँगै चीनको मौसम पूर्वानुमान क्षमता, जलवायु परिवर्तनसँग सम्बन्धित तयारी र प्राकृतिक विपद् रोकथाम तथा न्यूनीकरण क्षमतामा सुधार हुनेछ। यो लङ्ग मार्च शृङ्खलाको ५९६औँ सफल मिसन पनि बनेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्