काठमाडौं । पाकिस्तानले नेपालका अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको नियुक्तिमा बधाई ज्ञापन गरेको छ।
काठमाण्डौस्थित पाकिस्तानी राजदूतावासका अनुसार प्रधानमन्त्री शहबाज सरिफले कार्कीलाई बधाई दिंदै दुई देशबीचको सम्बन्ध अझ सुदृढ बनाउन सहकार्य गर्न तत्पर रहेको जनाएका छन्। सन्देशमा नेपाली नागरिकको शान्ति र प्रगतिका लागि शुभकामना व्यक्त गरिएको छ।
यसअघि भारत, चीन, अमेरिका, बेलायत, जापान र संयुक्त राष्ट्रसंघले समेत कार्कीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए। पूर्वप्रधानन्यायाधीश कार्की शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो।






