उपत्यका व्यापी इतिहास वाचन प्रतियोगिताको उपाधी जगत मन्दिर स्कुललाई, वेष्ट ग्रुप भिजन दोस्रो

काठमाडौँ – उपत्यका व्यापी इतिहास वाचन प्रतियोगिताको उपाधी जगत मन्दिर स्कुलकी लक्कीरानी कुमारीले हात पार्न सफल भएकी छिन् । काठमाडौँको पेप्सीकोलामा रहेको विश्व ज्ञान पाठशालाले इन्द्रजात्राको अवसरमा शनिबार आयोजना गरेको उपत्यका व्यापी इतिहास वाचन प्रतियोगिताको उपाधी जगत मन्दिर स्कुलकी लक्कीरानी कुमारीले हात पार्न सफल भएकी हुन् । यसैगरी वेष्ट ग्रुप भिजनकी कृपा घलेले दास्रो स्थान र नालान्दा विद्या मन्दीरका सिद्धार्थ भेटुवालले तेस्रो स्थान हात पारेका छन् ।
यसैगरी न्यु मोनाष्टिक इङ्लिस स्कुलका कृष्टिला पाण्डे चौथो र काठमाडौँ प्रज्ञा कुञ्ज स्कुलका अब्सर सुवेदीले पाँचौ स्थान हात पारेका छन् । विजेताहरुलाई मेडल, ट्रफि र नगद पुरस्कार प्रदान गरिएको आयोजक विश्वज्ञान पाठशालाले जनाएको छ ।

इतिहासका प्राध्यापक डा. लोकनाथ दुलाल र साहित्यका विज्ञ डा. शैलेन्दु प्रसाद नेपाल निर्णायकको भूमिकामा रहनुभएको थियो। प्रत्येक प्रतिस्पर्धीलाई ५ मिनेटको समय तोकिएको थियो।

कार्यक्रमको सभापतित्व गर्दै विद्यालयका प्रिन्सिपल मातृका कार्कीले स्वागत मन्तव्यका क्रममा अन्य विद्यालयले गर्ने सामान्य प्रतियोगिताभन्दा फरक कार्यक्रम आयोजना गर्न आवश्यक ठानेको बताए। उनले इतिहास सम्झन लायक र गर्व गर्न लायक हुने विषय भएकाले विद्यार्थीलाई इतिहाससँग साक्षात्कार गराउनु नै प्रतियोगिताको मूल उद्देश्य भएको उल्लेख गरे। उनले इतिहास वाचन प्रतियोगिताले विद्यार्थीमा इतिहास अध्ययन गर्ने बानी विकास गर्न, विगतका घटनाबारे जानकारी लिन तथा ज्ञान अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने बताए ।

प्रतियोगितामा विभिन्न विद्यालयका निर्देशक, प्रिन्सिपल, संयोजक, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उपस्थिति रहेको छ। कार्यक्रममा उपत्यकाका करिब ३० विद्यालयका विद्यार्थीहरूले सहभागीता जनाएका छन्।

   

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्