सरकार अधिनायकवादतर्फ गइरहेको माओवादी केन्द्रको आरोप

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले सरकार अधिनायकवादतर्फ गइरहेको आरोप लगाएको छ। मंगलबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको सचिवालय बैठकपछि उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारको कामकाज र निर्णयहरूले तानाशाहीकरणको स्वरूप लिँदै गएको माओवादीको निष्कर्ष रहेको जानकारी दिए।

उनका अनुसार बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारका गतिविधिबारे संक्षिप्त जानकारी दिएका थिए। त्यसपछि पार्टीले सरकार जनताको हितविपरीत कदम चाल्दै देशलाई अधिनायकवादतर्फ धकेलेको ठहर गरेको हो।

सापकोटाले सरकारको गतिविधिबाट जनता असन्तुष्ट र आक्रोशित भएको उल्लेख गर्दै भूमि विधेयकमार्फत आफ्ना नजिकका व्यक्तिलाई जग्गा बाँड्ने प्रयास भइरहेको आरोप लगाए। उनका अनुसार सरकारको अलोकतान्त्रिक र अधिनायकवादी चरित्रले व्यवस्थामै प्रतिकूल असर परेको माओवादीको ठहर छ।

माओवादी केन्द्रको सचिवालय बैठक बुधबार दिउँसो १ बजे पुनः बस्ने पनि सापकोटाले जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्