काठमाडौं – गायिका एलिना चौहान हाल अमेरिकाको न्यूयोर्कमा सांगीतिक प्रस्तुति दिँदै छिन् । ‘अब हाँस्छ अमेरिका’ नामक कार्यक्रममा उनीसँगै गायक प्रताप दास, बद्री पँगेनी र गायिका कला लम्साल ले समेत प्रस्तुति दिएका छन् ।
अमेरिकामा पहिलो पटक प्रस्तुत भएपछि एलिनाले सामाजिक सञ्जालमा मुस्कानसहितको फोटो पोष्ट गर्दै लेखेकी छन् – “अब तिमीले हाँस्न सुरु गर्यौ ।” उनको उक्त स्टाटसलाई प्रशंसकहरूले विशेष अर्थका रूपमा लिएका छन् । नेपालमा निजी जीवनका कारण निरन्तर चर्चामा आएकी एलिनाले अमेरिका भ्रमणलाई आफ्नो ‘सपना पूरा भएको क्षण’ भनेकी छिन् । न्यूयोर्कमा पहिलो प्रस्तुति पश्चात उनले अब आफू हाँस्न थालेको भन्दै खुसी प्रकट गरेकी छन् । कार्यक्रममार्फत अमेरिकास्थित नेपाली समुदायलाई नेपाली सांगीतिक स्वाद चखाउन कलाकार टोलीले विभिन्न लोकप्रिय गीतहरू प्रस्तुत गरेका थिए ।






