काठमाडौं – पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमीमा सोमबार कक्षा ९ का विद्यार्थीहरूको सहभागितामा फुड फेस्टिभल सम्पन्न भएको छ।
कार्यक्रममा विद्यार्थीहरूले विभिन्न जातजाति र समुदायमा प्रचलित मौलिक खानाका परिकारहरू आफैं तयार पारेका थिए। परम्परागत शैली अपनाउँदै दाउरामा पकाएर अनुभव लिएका विद्यार्थीहरूले नेपाली सांस्कृतिक विविधता झल्काउने स्वाद प्रस्तुत गरेका थिए।
फुड फेस्टिभलमार्फत विद्यार्थीहरूले सांस्कृतिक परिकारबारे जानकारी लिनुका साथै टोलीमा मिलेर काम गर्ने सीप र व्यवहारिक ज्ञान पनि हासिल गरेको विद्यालयले जनाएको छ।
विद्यालयले यस्ता गतिविधिहरूले विद्यार्थीको सिर्जनशीलता, सीप र सांस्कृतिक बोधमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।








