काठमाडौं – काठमाडौँको पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमीकी कक्षा १० की छात्रा स्वर्लीन श्रेष्ठ भुटानमा हुने एसियन कप अन्डर–१५ ब्याडमिन्टन प्रतियोगितामा सहभागी हुन आज बिहान प्रस्थान गरेकी छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान प्रस्थान गरेकी श्रेष्ठ नेपालमा सम्पन्न सबै चरणका खेलमा विजयी हुँदै राष्ट्रिय टोलीका लागि छनोट भएकी हुन्। उनी सिंगल, डबल र मिक्सतर्फका खेलमा प्रतिस्पर्धा गर्नेछिन्।
विद्यालयका संस्थापक प्रिन्सिपल आरबी कटवालसहित शिक्षक–कर्मचारीले विद्यालय प्राङ्गणमै उनलाई बिदाई गरे। प्रिन्सिपल कटवालले भन्नुभयो, “हाम्रो विद्यालयका विद्यार्थी अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा प्रतिस्पर्धा गर्नु गर्वको विषय हो। स्वर्लीनले नेपालको नाम उच्च राख्नेमा हामी आशावादी छौं।”
विदाई समारोहमा स्वर्लीन श्रेष्ठले विद्यालयको निरन्तर समर्थन र प्रोत्साहनका लागि धन्यवाद दिँदै भनिन्, “खेलकुदमा नेक्ससले गरेको योगदान प्रशंसनीय छ। यस अवसरलाई म आफ्नो जीवनको ठूलो प्रेरणा मान्छु।”






