अमेरिकामा बोईङ बिमानमा आगो लाग्दा यात्रुहरूलाई सकुशल उद्दार गरियो

काठमाडौं – अमेरिकाको कोलोराडोस्थित डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार ठूलो विमान दुर्घटना हुनबाट जोगिएको छ । मिउामी जाँदै गरेको अमेरिकन एयरलाइन्सको बोइङ ७३७ म्याक्स ८ मोडलको विमानको ल्यान्डिङ गियर फेल हुँदा टेकअफ रोक्नुपरेको थियो ।

स्थानीय समयअनुसार दिउँसो २:४५ बजे (नेपाली समयानुसार राति २:३० बजे) विमानको पछिल्लो भागमा आगो लागेको थियो । विमानमा १७३ जना यात्रु र ६ जना क्रु सदस्य थिए । सबै यात्रु र चालक दलका सदस्यलाई आपतकालीन स्लाइडमार्फत सुरक्षित रुपमा बाहिर निकालिएको विमानस्थल प्रशासनले जनाएको छ ।

दुर्घटनामा ६ जना यात्रु सामान्य घाइते भएका छन् भने एक जनालाई थप उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

यसअघि पनि बोइङ कम्पनीका विमानहरुमाथि प्रश्न उठ्ने घटना भइरहेका छन् । यसै महिनाको १२ जुनमा भारतको अहमदाबादमा ‘बोइङ ७८७-८’ मोडलको एअर इन्डियाको विमान टेकअफ भएको दुई मिनेटमै दुर्घटना हुँदा २७० जनाको ज्यान गएको थियो ।

बोइङ कम्पनीका विमानमा लगातार देखिएका प्राविधिक समस्या र सुरक्षासम्बन्धी त्रुटीका कारण विमानयात्रुहरुको सुरक्षामाथि प्रश्न उठेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्