काठमाडौँ – नवलपरासीका थप एक जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
बिहिबार भरतपुर कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरासीका ४९ वर्षीया पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्राललयले जनाएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।