त्रिवि शिक्षण अस्पतालमा उपचाररत ६ वर्षीया बालिकामा कोरोना, न्यूरो वार्ड सिल गर्ने तयारी

काठमाडौं – त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत ६ वर्षीया बालिकामा कोरोना संक्रमण देखिएको छ । उनी कपिलवस्तुबाट ६ दिन अगाडि उपचार गर्न काठमाडौं आएकी थिइन् ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा. सन्त कुमार दासले कपिलवस्तुबाट उपचार गर्न ल्याइएकी ६ वर्षीया बालिकामा कोरोना संक्रमण भएको पुष्टि गरे ।

ती बालिका टिचिङ अस्पतालको न्यूरो वार्डमा उपचाररत छिन् । उनमा कोरोना पुष्टि भएपछि टिचिङ अस्पतालको न्यूरो वार्ड सिल गर्ने तयारी गरिएको छ ।

त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल)का निर्देशक डा. प्रेमबहादुर खड्गाले यसबारे छलफल गर्न बैठक बस्न लागेको र बैठकपछि मात्रै वास्तविकता सार्वजनिक गर्ने बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्