स्थगित भएको माध्यमिक तहको परीक्षा कहिले ? सबैतिर अन्यौलता !!

फाइल तस्बिर

काठमाडौं – कक्षा १० को परीक्षा दिन पर्खिरहेका विद्यार्थी र तिनका अभिभावकको एउटै चासो छ, परीक्षा कहिले सञ्चालन हुन्छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ठोस निर्ण नगरेको र विभिन्न माध्यमबाट सार्वजनिक भएका समाचार र सुचनाले विद्यार्थी मात्र होइन विद्यालयका प्रधानाध्यापक समेत अन्यौलमा देखिएका छन् ।

चैत्र ६ गतेदेखि सञ्चालन हुनुपर्ने कक्षा १० एसईईको परीक्षा कोरोना भाइरसको सन्त्रासका कारण स्थगित भएको छ । सरकारले महामारी फैलन नदिन मुलुकभर लकडाउन गरेपछी परीक्षा सञ्चालन हुने नहुने बारेमा अन्यौल कायमै छ ।

शिक्षाविद् भने शिक्षा भन्दा स्वास्थ्य महत्वपूर्ण भएकाले मानसिक तनावका बीचमा परीक्षा सञ्चालन गर्नु भन्दा विद्यालयहरुले सञ्चालन गरेका परीक्षालाईनै आधार मान्दै यस पटककालागि विद्यार्थीलाई कक्षा १० को प्रमाणपत्र दिनुपर्ने सुझाव दिन्छन् ।

कक्षा १० को परीक्षा विद्यालय तहको अन्तिम परीक्षा नभएको र कक्षा ११ मा विषय छनौट गरी अध्ययन गर्नुअघी प्रवेश परीक्षा समेत दिनुपर्ने भएकाले विद्यालयको मुल्याङ्कनलाईनै आधार मान्न सकिने भनाई ललितपुरको आदर्श सौल युवा माध्यमिक विद्यालयका प्रधानाध्यापकको छ ।

शहरी क्षेत्रका विद्यालयलाई मात्र आधार मान्न नहुने र ग्रामीण तथा विकट जिल्लाका विद्यालयलाई समेत ध्यानमा राख्दै लकडाउन खुलेपछी परीक्षा सञ्चालन गर्नुपर्ने धारणा काठमाण्डौको पद्मकन्या माध्यमिक विद्यालयका प्रधानाध्यापक रिता तिवारीको छ ।

परीक्षाका बारेमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ठोस निर्णय नगर्दा विभिन्न माध्यमबाट सार्वजनिक हुने गरेका विभिन्न थरीका सुचनाका कारण विद्यार्थी अन्यौलमा छन् । आफ्ना शिक्षक तथा प्रधानाध्यापकहरु सामु जिज्ञासा राख्दा उनीहरुले परिस्थिति सामान्य भएपछि परीक्षा सञ्चालन हुने भन्दै पढाई जारी राख्ने सल्लाह दिंदै आएका छन् । विद्यार्थीहरु भने के गर्ने के नगर्ने भन्नेमा रुमल्लिइरहेका छन् । -NTV

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्