पवनदुत सार्वजनिक यातायात प्रालिको अध्यक्षमा महेश बोहरा र महासचिवमा विष्णु जोशी चयन

कञ्चनपुर : पवनदुत सार्वजनिक यातायात सेवा प्रालिको अध्यक्षमा महेश प्रशाद बोहरा चयन भएका छन । शनिबार महेन्द्रनगरमा पवनदुत सार्वजनिक यातायात सेवा प्रालिको पाँचौँ बार्षिक साधारण सभा तथा दोस्रो अधिवेनबाट अध्यक्षमा सर्वसम्मत बोहरा चयन भएका हुन ।

पवनदुत सार्वजनिक यातायात सेवा प्रालिका कार्यालय प्रमुख माधव प्रशाद भट्टले सर्वसम्मतीय आधारमा अध्यक्ष सहित पदाधिकारी, सदस्य नयाँ कार्य समिति चयन भएको बताए । उनका अनुसार बरिष्ठ उपाध्यक्ष देवीदत्त पन्त, उपाध्यक्ष डम्बर बहादुर विष्ट, महासचिव विष्णूदत्त जोशी, सचिव राम बहादुर धामी, कोषाध्यक्ष भरत पन्त, सदस्य कृष्ण बहादुर विष्ट, टेक बहादुर ऐर, दुर्गादत्त भट्ट, तेजेन्द्र चन्द रहेका छन । भने पूर्णसिह हमाल लेखा संयोजक रहेका छन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्