तातोपानी नाकामा अवरोध सिर्जना

File Photo

सुशील सुवेदी
सिन्धुपाल्चोक – तातोपानी नाकाबाट खाद्य सामाग्री आयात सँगै जनप्रतिनीधिले अवरोध सिर्जना गरेका छन् । मंगलवार पाँच कन्टेनर स्याउ र एक कन्टेनर लसुनको भन्सार जाँचपास गरि काठमाण्डौ लाने तयारी भएपछि स्थानिय र जनप्रतिनीधिले अवरोध गरेका हुन् । चीन तर्फवाट नियमित सामाग्री आएको र भन्सार कार्यालयले आवश्यक प्रक्रिया पुरा गरि सामना भित्र्याएको तातोपानी भन्सार कार्यालयका प्रमुख लालवहादुर खत्रीले बताए ।

अवरोधका वावजुद भन्सार कार्यालयले आएका सामाग्रीको भन्सार पास गरिरहेको उनले जानकारी दिए । ‘नेपाल सरकारले भन्सार सञ्चालनको निर्णय गरेको छ, चिनवाट आएका सामाग्रीको क्वारेन्टाइन सर्टिफिकेट प्राप्त भएपछि जाँचपास त गर्नैप¥यो ।’ भन्सार प्रमुख खत्रीले भने, । स्वास्थ्य सामाग्री वाहेकका सामाग्री आयात भएको भन्दै भोटेकोशी गाँउपालिका ४ का वडा अध्यक्ष साङदोर्जे शेर्पा सहितले अवरोध सिर्जना गर्दै आएको भन्सार कार्यालयले जनाएको छ । केही दिन यता भन्सार जाँचपास गरि पठाईएका सामाग्रीमा वाटोमा अवरोध भएपछि निरन्तर छलफल गर्दै आएको प्रमुख खत्रीले जानकारी दिए । उनका अनुसार केही सुरक्षा चुनौती वढेकोले सुरक्षा सतर्कता अपनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्