लकडाउन लम्बिने संकेत, बुधबार बस्ने मन्त्रिपरिषद्ले निर्णय गर्ने

काठमाडौं – सरकारले वैशाख २५ गतेपछि पनि लकडाउन लम्ब्याउन संकेत गरेको छ । तर यसबारे भोलि बस्ने मन्त्रिपरिषद्ले निर्णय गर्नेछ ।

प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकमा जोखिमका आधारमा ७७ जिल्लालाई रातो, पहेँलो र हरियो क्षेत्रमा विभाजन गर्ने र त्यसअनुसार लकडाउन कडा वा खुकुलो बनाउने प्रस्ताव पेश गरेको थियो ।

तर, प्रधानमन्त्री त्यसमा सहमत नदेखिएको स्रोतले बतायो । लकडाउनका विषयमा थप निर्णय गर्न भोलि ११ बजे बस्ने मन्त्रिपरिषद् बैठकमा छलफल हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्