कोशी अस्पतालमा उपचाररत कोरोना संक्रमित मध्ये ६ जना निको भए, बुधबार डिस्चार्ज गरिने

मोरङ – विराटनगरस्थित कोरोना विशेष उपचार केन्द्रमा उपचार गराइरहेका ३१ जना संक्रमितहरुमध्ये ६ जनालाई निको भएको छ ।

तीन पटकको पिसिआर परिक्षणमा रिपोर्ट नेगेटिभ आएपछि केन्द्रबाट डिस्चार्ज गरिने भएको हो । बैशाख ५ र ६ गते उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ३ भुल्केबाट आएका १३ जना संक्रमितहरुमध्ये ६ जनालाई भोलि बिहान ८ बजे डिस्चार्ज गरिने प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए ।

उनीहरुलाई विराटनगरको रानीमा बनाइएको क्वारेण्टाइनमा ७ दिन राखिने छ । अहिले निको भएका उनीहरु सबै भारतिय नागरिक हुन् । घर फर्काउनुअघि आवश्यक प्रक्रिया मिलाउनुपर्ने भएकाले भोलि विहान मात्र डिस्चार्ज गरिने मन्त्री घिमिरेले जानकारी दिए । –NTV

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्