काठमाडौं – भारतको उत्तराखण्डमा पर्ने अल्मोडा मार्चुलामा बस दुर्घटना भएको छ । दुर्घटनामा कम्तीमा ३६ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
करिब जना सवार रहेको उक्त बस नैनीडाँडादेखि रामनगरतर्फ जाँदै थियो । उद्धारका लागि स्थानीय जिल्ला प्रशासनले टोली पठाएको छ । बस दुर्घटनामा घाइते र मृतकबारे मुख्यमन्त्री पुष्कर सिंह धामीले राहतको घोषणा गरेका छन् । उनले घाइतेहरुको शीघ्र उपचारका लागि नजिकैका स्वास्थ्यकेन्द्रमा व्यवस्था गरिएको उनले बताएका छन् । दुर्घटनामा गम्भीर घाइते भएका यात्रुको हवाई उद्धारका लागि पनि मुख्यमन्त्री धामीले निर्देशन दिएका छन् ।