विश्वमा कोरोनाः संक्रमितको संख्या ३५ लाख ६३ हजार भन्दा बढी, २ लाख ४८ हजारको मृत्यु

काठमाडौँ – विश्वभर कोरोना संक्रमितको साढे ३५ लाख नाघेको छ ।
वल्ड्रोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार संसारभर यो भाइरसबाट ३५ लाख ६३ हजार ६ सय ८९ जना संक्रमित भएका छन् । यो भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिका हो । अमेरिकामा झण्डै १२ लाख संक्रमित भेटिएका छन् भने युरोपका स्पेन, इटाली, बेलायत, फ्रान्स र जर्मनी कोरोना भाइसरबाट धेरै प्रभावित मुलुक हुन् ।
यो भाइरसको कारण अहिलेसम्म संसारभरी २ लाख ४८ हजार १ सय ४६ जनाले ज्यान गुमाइसकेका छन् । अमेरिकामा मात्रै ६८ हजार भन्दा बढीको ज्यान गएको छ । विश्वभरी ११ लाख ५३ हजार भन्दा बढी संक्रमित उपचार पछि निको भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्