अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य घटेपनि निगमले समायोजन गरेन

काठमाडौँ – अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आए पनि नेपाल आयल निगमले लकडाउन सुरु भएपछि मूल्य समायोजन गरेको छैन । भारतीय आयल कर्पोरेसनसँगको स्वचालित मूल्यसूची अनुसार हरेक १५÷१५ दिनमा मूल्य समायोजन हुने व्यवस्था छ तर यो अहिले कार्यान्वयन भएको छैन ।
इन्डियन आयल कर्पोरेसनबाट शनिबार आएको स्वचालित मूल्यसूची घटेर आए पनि निगमले मूल्य घटाएको छैन । १५ दिनअघिको मूल्यसूची अनुसार पनि निगमले मूल्य समायोजन गरेन । निगमले शनिबार विज्ञप्ति जारी गरी अन्तर्रा्ष्ट्रिय बजार मूल्यबमोजिम पेट्रोल तथा डिजेलको खरिद मूल्य घटेर आए पनि हाल पेट्रोलियम पदार्थको माग अत्यधिक न्यून रहेकाले तत्काललाई मूल्य समायोजन यथावत् राखिएको जनाएको छ । निगमले कारोबार नभएको वहानामा स्वचालित मूल्यसूची समेत कार्यान्वयन गरेको छैन ।
लकडाउनका कारण नेपाल आयल निगमको कारोबार ठप्प भएपछि सरकारले निगमबाट मात्रै करिब नौ अर्ब रुपियाँको राजस्व गुमाएको छ । निगमले सामान्य दिनमा मासिक छ अर्ब रुपियाँ राजस्व बुझाउँदै आएको थियो । वैशाख २५ गतेसम्मको डेढ महिनाको लकडाउनमा करिब नौ अर्ब राजस्व कम हुने निगमले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्