भारतमा कोरोनाको कहर बढ्दो, एकै दिन झण्डै ३ हजार संक्रमित भेटिए, संक्रमितको संख्या ४२ हजार पार

काठमाडौँ – भारतमा एकै दिन २८ सय भन्दा बढीमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

वल्ड्रोमिटरर्सको पछिल्लो तथ्याङ्कअनुसार यहाँ एकै दिनमा २८ सय ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । यो सँगै भारतमा कोरोना संक्रमितको संख्या ४२ हजार ५ सय ५ पुगेको छ । पछिल्लो २४ घण्टामा यो भाइरसबाट यहाँ ६८ सय जनाको मृत्यु भएको छ । यो सँगै भारतमा ज्यान गुमाउनेको संख्या १३ सय ९१ पुगेको छ । कोरोना भाइरसबाट दक्षिण एसियामा भारत सबैभन्दा बढी प्रभावित मुलुक हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्