इङ्ग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिता संचालन गर्न छलफल

काठमाडौं – बेलायतको प्रतिष्ठित इङ्ग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिता पुनः सञ्चालन गर्ने बारेमा सरकार र क्लवसंग प्रतियोगिता आयोजक प्रमियर लिगले छलफल गरेको छ ।

कोरोना संक्रमणका कारण स्थगित भएको प्रतियोगितालाई पुनः शुरु गर्न खेलको तयारी र खेलाडीहरुको प्रक्षिक्षण कसरी अघि बढाउन सकिन्छ भन्ने बारेमा लिग आयोजकले छलफल गरेको हो ।

त्यसक्रममा खेलाडीहरुको सुरक्षालाई ध्यान दिंदै प्रशिक्षण शुरु गर्ने बारेमा कुराकानी भएको बताइएको छ । प्रशिक्षणमा आउने र प्रतियोगिता खेल्ने खेलाडीरुको स्वास्थ्य सुरक्षाका लागि परीक्षण किट र अन्य आवश्यक स्वास्थ्य सावधानी कसरी कायम राख्ने भन्ने विषयमा पनिछलफल भएको छ ।

स्थगित लिग शुरु हुने भएछि केही क्लवहरुले अर्को हप्ताबाटै खेलाडीहरुलाई नियमित प्रशिक्षणमा बोलाएका छन् । बेलायत सरकारले यसअघी स्वास्थ्य सावधानी अपनाउदै सामाजिक दूरी कायम राखेर प्रशिक्षण शुरु गर्न अनुमति दिइसकेको छ । बेलायतमा आगामी बिहिवारसम्म लकडाउन घोषणा गरिएको छ ।

कोरोना महामारीकै बीच स्थगित भएको तीन महिना पछि दर्शक विना नै लिग पुनः शुरु गर्न लागिएको छ । –NTV 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्