आज नेकपा सचिवालय बैठक बस्दै

काठमाडौँ –सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा डाकिएको बैठक अपरान्ह बस्ने बताइएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने बैठक बस्ने समय यकिन भइनसकेको जानकारी दिए । सरकारले पछिल्लो समयमा ल्याएका र पछि फिर्ता गरेका दुईवटा अध्यादेशले निम्याएको विवाद टुङ्गो लगाउन सचिवालय बैठकमा छलफल भइरहेको छ ।

यसअघी बुधवार साँझ प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको बैठकले आन्तरिक छलफल र सरसल्लाह जारी रहेकाले आजका लागि पुनः बैठक डाक्ने निर्णय गरेको थियो ।

आजको बैठकले पार्टीको आन्तरिक एकताको सुदृढीकरण र सरकारका काम कारवाहीका सम्वन्धमा महत्वपूर्ण निर्णय गर्ने बताइएको छ ।

यस अघि बसेको बैठकमा यी विषयमा गहन छलफल भई सदस्यहरूले आ–आफ्ना धारणाहरू राखेका थिए ।–

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्