पोखराका ७६ उद्योग मध्ये ३४ संचालनमा

पोखरा – कास्कीको पोखरामहानगरपालिका वडा नं १० स्थित औधोगिक क्षेत्रमा रहेका ७६ उद्योग मध्ये ३४ वटा उद्योग संचालनमा छन् । बिश्वभर फैलिएको कोरोना भाइरसका कारण देशमा लकडाउनको अवस्थामा पनि ति उद्योग संचालनमा आएका हुन् ।

जसमध्ये चाउचाउ ,पानी, बिस्कुट, मसला, दुग्ध गरि १७ उद्योग अत्यावश्यक खाद्य सामाग्रीका उद्योग छन् भने अन्य २ वटा अक्सिजन ग्यासका छन् । यि मध्ये केहि उद्योगलाइ भने बाध्यतावंश संचालन गर्न परेको पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रबन्धक भूषणकुमार उपाध्यायले जानकारी दिए । वस्तु तथा सेवा सरकारले उत्पादन गर्ने भनेपनि ति वस्तुलाइ प्याकिङ गर्ने समाग्री अत्यावश्यक भित्र नपर्दा नपर्दै पनि प्याकिङ समाग्री उत्पादन उद्योग पानीका बोतल लगायतका उद्योग पनि संचालन गर्नु परेको प्रवन्धक उपाध्यायले जानकारी दिए ।

“अहिलेसम्म त चलाएकै छौ, लकडाउन लम्बियो भने भारत बाहेक अन्य देशहरुबाट पनि कच्चा सामाग्री आउने भएकाले गाह्रो हुन सक्छ , उनले भने । उत्पादित बस्तुको बजार व्यवस्थापन र वितरणमा भने कुनै समस्या नरहेको उनको भनाइ छ ।

उद्योगमा कार्यरत मजदूरको स्वास्थ्य सतर्कताका लागि आवश्यक स्वास्थ्य सामग्री प्राप्त नहुदा समस्या भएको उहाँको गुनासो छ । एउटा थर्मलगन किन्न पाएका छैनौ , स्वाथ्य सामाग्री उपलब्ध छैन, सेनेटाइजर टनेल राख्यौ, ‘हेल्थ डेस्क’ आवश्यक रहेको सम्बन्धित निकायमा गुहार्दा पनि पाउन सकिएन, उपाध्यायले भने ।
पोखरा नुडल्सका संचालक बाबुराम पन्तले आफुले उत्पादन गर्ने २ वटा मेसिनमा यतिबेला १ वटा मात्रै उद्योग संचालन गरेको जानकारी दिए । उनी भन्छन् , समाज सेवा गरेका छौ, कमाउने सोच छैन् यतिबेला १२ प्रतिशत मात्रै काम भएको छ , खाद्य संकट आउन नदिन यस्तो कठिन अवस्थामा पनि सञ्चालन गरेको हौ, । उद्योगमा मापदण्ड अपनाएर ८२ जना कर्माचारीलाइ भित्रै खाने बस्ने व्यवस्था गरि काममा लगाएको उनको भनाइ छ ।

गौरीशंकर फुडस का संचालक दिनेश थापाले लकडाउनको २ हप्तापछि उद्योग संचालन गरेको जानकारी गराए । कामदारको सुरक्षालाइ ध्यानमा राखि तोके अनुसारको मापदण्ड पुरा गरि उत्पादन गरेको उनको दावी छ । उनले यतिबेला २५ प्रतिशत मात्र उत्पादन भैरहेको जानकारी हाल मौज्दात रहेको कच्चा पदार्थबाट २ महिना उत्पादन गर्न सकिने उनको अनुमान छ ।
सरकारले तोकेका मापदण्ड पुरा गर्नसक्ने उद्योगलाई संचालन गर्न अनुमति दिएको बताइएको छ ।

स्थानीय प्रशासनले मजदुरलाई उद्योगभित्रै राखेर खाने,बस्ने ब्यबस्था गर्नुपर्ने, मजदुरबिच कम्तीमा एक मिटर भौतिक दुरी कायम गर्नुपर्ने, मुखमा मास्क, हात धुने साबुनपानी र निर्मलीकरण गर्ने स्यानीटाइजरको उचित ब्यबस्थापन गरिनुपर्ने, मजदुरहरुलाई शरीरमा लगाउने एप्रोन, टाउकोमा लगाउने क्याप, हातमा पन्जा लगाउने लगायतका स्वास्थ्य सम्बन्धि सतर्कता अपनाउन सक्ने उद्योग ब्यबस्थापनलाई स्थानीय प्रशासनले उद्योग संचालनका लागि अनुमति दिएको बजार अनुगमन समिति सदस्य तथा उपभोक्ता मंच कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले जानकारी दिए ।

५ सय रोपनीमा फैलिएको औद्योगिक क्षेत्रमा ७६ उद्योगमा ३ हजार कामदारले रोजगारी पाएका छन् बन्दाबन्दीका कारण यतिबेला भने उद्योग बन्द गर्नु पर्दा ६८९ जना भित्रबाटै काम गरिरहेका छन् । पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका सुचना अधिकारी हिमाल भण्डारीका अनुसार अन्य मजदुरहरु जिल्ला बाहिर घरघरमा गएका छन् ।

उद्योग संचालनका लागी गण्डकी प्रदेश सरकारको निर्णय

गण्डकी प्रदेशले कोरोनाका कारण ठप्प भएका निर्माण कार्यलाइ शुचारु गर्ने भएको छ । लकडाउनको अवधिमा रोकिएका कामलाइ मापदण्ड बनाएर लागू गर्ने भएको हो ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा बसेको प्रदेश संकट व्यवस्थापन केन्द्रकोे बैठकले ठुला तथा साना राष्ट्रिय गौरवका आयोजना सहितका निर्माणका कामलाई अघि बढाउन गरि सो निर्णय गरेको हो । प्रदेशका ११ वटै जिल्लाका प्रशासन कार्यालयले उक्त मापदण्ड लागु गर्ने निर्णय भएको छ । अत्यावश्यक उद्योग, विकास निर्माण र कृषि उत्पादनलाई सुरु गर्न मापदण्ड बनाइएको छ । कृषि व्यवसाय निर्माण व्यवसायी, उद्योग व्यवसायीले पालना गर्नुपर्ने मापदण्ड जारी गरिएको छ ।

उद्योगी व्यवसायी तथा मजदुरलाइ मापदण्डले तोकेको सतर्कता र सामाजिक दुरी पालना गर्दै काम गर्न गराउन भनिएको छ । यसैगरि किसान पनि मापदण्ड पालन गरि खेतीपातीबाट उत्पादन गर्न सहयोग पुग्ने सरकारको बिश्वास छ । विकास निर्माण आयोजनामा मजदुरलाई आयोजना स्थलभित्रै खाना, बस्न र शौचालयको व्यवस्था सहित काम थाल्न दिने निर्णय भएको छ । गोरखापत्रअनलाइन

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्