झुलाघाटबाट बिहिबार उद्धार गरिएका पुर्चौडी नगरपालिकाका एक जनाको मृत्यु

बैतडी – भारतीय सिमानाका झुलाघाटबाट बिहिबार उद्धार गरिएका एक नेपालीको क्वारेन्टाइन लैजादै गर्दा मृत्यु भएको छ ।

बैतडीको पुर्चाैडी नगरपालिका वडा नं ६ का ६७ वर्षीय जुने लुहारको क्वारेन्टाइन जादै गर्दा मृत्यु भएको हो । बिहिबार साँझ उद्धार गरिएका लुहारको शनिबार बिहान घर पुग्दा बाटोमै मृत्यु भएको पुर्चौडी नगरपालिका वडा नं ६ का वडा अध्यक्ष जगी साउँदले जानकारी दिए ।

लोहार १८ गते भारतको उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लाबाट नेपाल भित्रिनु भएको थियो । उहाँको मृत्युको कारण खुल्न सकेको छैन । मृतकको स्वाब संकलन गरेर धनगढी पठाउने तयारी भईरहेको स्वास्थ्य कार्यालय बैतडीले जानकारी दिएको छ ।

मृतकको दाहसंस्कार गर्दा पनि सावधानी अपनाएर प्लाष्टिकले छोपेर परिवारलाई दाहसंस्कार गर्न दिने र मलामी गएका सबैलाई छुट्टै क्वारेन्टाईनमा राख्ने तयारी भईरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रािद भट्टले जानकारी दिए ।

वैशाख १८ गते बैतडीको झुलाघाट र दार्चुलाबाट सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लाका २६ सय ९५ जना सीमा नाका खोलेर नेपाल ल्याईएको थियो । नेपाल भित्रिएका सबै जनाको ईन्फारेट थर्म्मिटरले ज्वरो आए नआएको चेकजाँच गरेर भित्र्याईएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्