नेपालमा हालसम्म कोरोना संक्रमणको ५८ हजार वटा परीक्षण

काठमाडौं – नेपालमा हालसम्म कोरोना संक्रमणको ५८ हजार वटा परीक्षण गरिएको छ ।

जसमध्ये ४६ हजार ८ सय ६० वटा परीक्षण र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट गरिएको हो भने प्रयोगशालामा १२ हजार ११ वटा गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा ४ हजार ९ सय ८५, प्रदेश २ मा ५ हजार ४ सय ५६, बागमती प्रदेशमा ८ हजार ३ सय ६१ नमुना परीक्षण भएका छन् ।

यसैगरी गण्डकी प्रदेशमा ५ हजार ४ सय ११, प्रदेश ५ मा ३ हजार ७ सय ९, कर्णाली प्रदेशमा ५ हजार ४ सय ३६ र सुदूरपश्चिम प्रदेशमा १३ हजार ४ सय ११ वटा आरडिटी विधिबाट कोरोना एन्टीबडी परीक्षण भएको प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

विगत २४ घण्टामा प्रयोगशाला र र्‍यापिड टेस्ट गरी करिब १७ सय वटा नमुना परीक्षण भएको छ । ती सबैका नतिजा नेगेटिभ आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्