दार्चुला–टिंकर सडककाे जिम्मा नेपाली सेनालाई

काठमाडौं – सरकारले दार्चुला–टिंकर सडकलाई महाकाली लोकमार्गको रुपमा निर्माण गर्ने भएको छ । मन्त्रिपरिषद बैठकले यो सडकको कूल १३४ किलोमिटर मध्ये ठेक्का व्यवस्थापन हुन बाँकी ८७ किमि (घाँटीबगर–टिंकर) खण्डको ट्रयाक निर्माण कार्य नेपाली सेनामार्फत गराउने निर्णय गरेको छ ।

भौगोलिक हिसावले निर्माणमा निकै कठीन रहेको यो खण्ड निर्माणका लागि सेनाले जिम्मा पाएको हो । यसअघि यो खण्डलाई महाकाली करिडोरका रुपमा अघि बढाउन खोजिएको थियो ।

यो बाहेकका अरु खण्डमा ठेक्का व्यवस्थापन भइसकेको छ । आर्थिक वर्ष ०६५/६६ बाट निर्माण सुरु भएको यस सडकको काम लामो समयदेखि अलपत्रजस्तो छ ।

निकै कठीन भूगोलका कारण यो सडकका खण्डहरुको निर्माण चुनौतीपूर्ण छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्