चैतको घरभाडा मिनाहा भए–नभएको अनुगमन स्थानीय तहले गर्ने

काठमाडौं – सरकारले चैत महिनाको घर भाडा मिनाहा भए–नभएको अनुगमन स्थानीय तहबाट हुने निर्णय गरेको छ । असंगठित श्रमिकहरुले तिर्नुपर्ने घरभाडा मिहाना गर्न सरकारले आग्रह गरेको थियो, सोही अनुसार स्थानीय तहले अुनगमन गर्ने मन्त्रिपरिषदले निर्णय गरेको छ ।

परिषद्को १४ वैशाखको निर्णयअनुसार चैत महिनाको घर भाडा मिनाहा गर्न घरबेटीलाई आग्रह गरिएको थियो । त्यसको कार्यान्वयन भए–नभएको अनुगमन स्थानीय तहबाट गर्ने निर्णय गरिएको छ ।

सम्बन्धित घरधनीले रोजगारीका कारण रोजगारी वा काम गुमाएका असंगठित बाहेकका अन्य श्रमिकसँग लकडाउन अवधिभर घरभाडा माग नगर्ने र निजहरुले आम्दानी गरेपश्चात घरबहाल रकम भुक्तानी गर्न पाउने सुविधा प्रदान गर्ने निर्णय समेत गरेको छ ।

घरभाडा छुट गरेका घर मालिकलाई सो महिनाको घरबाहल कर र त्यसबाट हुने आय कर छुट गर्ने निर्णय यसअघि नै सरकारले गरिसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्