नेपालीहरू आफन्तजस्तै बसेका हुँदा चिन्ता नलिन प्रधानमन्त्री ओली लाई इजरायलका राष्ट्रपतिको आग्रह

काठमाडौँ – प्रधानमन्त्री ओली र इजरायलका राष्ट्रपति रूभेन रिभ्लिनबीच टेलिफोन वार्ता भएको छ ।

बिहीबार भएको टेलिफोन बार्तामा प्रधानमन्त्री ओलीलाई राष्ट्रपति रिभ्लिनले नेपालीहरू आफन्तजस्तै भएका कारण चिन्ता लिन नपर्ने बताएको प्रधानमन्त्री ओलीले जानकारी ट्वीटर मार्फत जानकारी दिएका छन् ।
प्रधानमन्त्रीले लेखेका छन् “आज मेरो इजरायलका महामहिम राष्ट्रपति@PresidentRuvi सँग टेलिफोन संवाद भयो। मैले त्यहाँ रहेका नेपालीको सुरक्षा र कल्याणको बारेमा चासो राखें । उहाँले नेपालीहरू आफन्तजस्तै बसेका हुँदा चिन्ता नलिन भन्नुभयो ।”

साथै नेपाल–इजरायलबीच ६० औं वर्षगाँठ मनाउने र इजरायलको विशेष रूपमा कृषि क्षेत्रको प्रविधि हस्तान्तरण गर्नेबारे छलफल भएको उनले जानकारी दिए ।

कोरोनाविरूद्धको लडाइँ सँगै लड्ने र त्यसपछिको आर्थिक पुनरूत्थान मिलेर गर्ने बारेमा समेत छलफल भएको प्रधानमन्त्री ओलीले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्