राजश्व तिर्ने अवधि जेठ २५ सम्मका लागि थपियो

काठमाडौँ – सरकारलाई बुझाउनुपर्ने विभिन्न शिर्षकका राजश्व तिर्ने अवधि जेठ २५ सम्मका लागि बढाइएको छ ।

वैशाख १४ गते बसेको मन्त्रिपरिषदको बैठकले अर्थ मन्त्रालयलाई राजश्व बुझाउनुपर्ने अवधि बढाउन सिफारिस गर्ने निर्णय गरेको हो ।

जसअनुसार गत फागुन र चैत महिनाको मासिक मूल्य अभिवृद्धि कर, माघ–फागुनको द्वैमासिक र दोस्रो चौमासिक अवधिको मूल्य अभिवृद्धि कर दाखिल गर्ने म्याद जेठ २५ सम्म थप गरिनेछ ।

फागुन र चैत महिनाको अन्तःशुल्क दाखिल गर्ने म्याद पनि जेठ २५ सम्म थपिने निर्णय भएको छ ।

आयकर ऐनबमोजिम फागुन र चैत महिनामा बुझाउनुपर्ने अग्रिम कर कट्टी र अग्रिम कर असुलीको विवरण बुझाउने म्याद आगामी जेठ २५ सम्म तोकिएको छ ।

आयकर अन्तर्गत चैत महिनामा बुझाउनुपर्ने यस आवको संशोधित अनुमानित कर विवरण र दोस्रो किस्ता वापतको रकम दाखिल गर्ने म्याद जेठ मसान्तसम्म थप्ने निर्णय मन्त्रिपरिषदले गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्