बेपत्ता भएका सिन्धुपाल्चोकका सुरज ११ दिनपछि सम्पर्कमा आए

सुशील सुवेदी
सिन्धुपाल्चोक – बैशाख ६ गतेदेखि सम्पर्क बिहिन भएका सिन्धुपाल्चोकका सुरज लामा ११ दिनपछि बुधबार सम्पर्कमा आएका छन् । जिल्लाको बलिफी गाउँपालिका वडा ४ घर भएका सुरज अहिले आफनो् फोन सम्पर्कमा आएको वडा अध्यक्ष कालि प्रसाद तामाङले बताए । अध्यक्ष तामाङका अनुसार सुरजले आफु ८ गतेदेखि हिउँमा फसेकाले हिड्न नसक्ने भएको बताएको छ । कुराकानिमा आफ्नो जिउ , अँखा सबै रातो भएको गाह्रो भएको सुनाएको तामाङले जानकारी दिए । सुरज अहिले रसुवाको दुप्चेश्वर गाउँपालिकाको वडा नं १ स्थित सुर्यकुण्ड भन्ने स्थानमा रहेको बताइएको छ । उक्त ठाउँ ४ हजार ७ सय मिटर उचाइमा रहेको र हिउँ परिरहेकाले उद्धार गर्न कठिन भएको वडाअध्यक्ष तामाङले बताए । रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाको निर्माण गरिरहेको चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेसनमा कार्यरत सुरज बेपत्ता भएका थिए ।

६ गते दिउँसोसम्म परिवारको सम्पर्कमा रहेका लामाको त्यसयता परिवारसँग सम्पर्क भएको थिएन । लामो समय परिवारसँग सम्पर्क टुटेपछि गत शुक्रबार बेलुकी कम्पनीसँग कुरा भएपछि मात्र सुरजको खोजी गरिएको थियो । कोरोना भाइरस (कोभिड–१९) का कारण देश लकडाउन भएपछि कम्पनीलाई जानकारी नै नदिइ काम छाडेर घर हिडेको खुलेको थियो । सुरज त्यहाँ केही महिनाअघि स्थापना भएको कम्पनीको मेसमा कुकको रूपमा कार्यरत थिए । कम्पनीका अनुसार उनी गोसाइँकुण्डको बाटो हुँदै घर गएको खुलेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्