बहराइनमा एकै दिन ७७ जना नेपालीमा कोरोना संक्रमण भेटियो, संक्रमितको संख्या १२६ पुग्यो

काठमाडौँ – बहराइनमा एकैदिन कोरोनाभाइरस (कोभिड–१९) संक्रमित ७७ जना नेपाली भेटिएका छन् ।

एउटा सुपरमार्केट र ३ वटा अलग अलग कम्पनीमा काम गर्ने नेपालीलाई संक्रमण भेटिएको बहराइन स्थित नेपाली दूतावासले जनाएको छ ।

दुतावासका अनुसार यो सँगै बहराइनमा कोरोना भाइरसबाट संक्रमित हुने नेपालीको संख्या १२६ जना पुगेको छ उनीहरुको बहराइनको विभिन्न अस्पतालहरुमा समान्य अवस्थामा उपचार भइरहेको छ ।

बहराइनमा संक्रमितको सख्या भने १५४६ जना पुगेको छ । जसमध्ये १२४६ जना निको भइसकेका छन् । बहराइनमा अहिलेसम्म कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्