क्वारेन्टाइनमा बसेका एक जना बृद्धको मृत्यु

रोल्पा – रोल्पाको माडी गाउँपालिका–२ पारिबाङ दह स्थित भगवति आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका एक जना बृद्धको मृत्यु भएको छ ।

माडी गाउँपालिका–२ कै ६२ वर्षिय तुलबहादुर परियारको मृतयु भएको इलाकाप्रहरी कार्यालय घर्ती गाउँका प्रहरी निरीक्षकशंकर खड्काले जानकारी दिए । दम रोगको उपचारकालागि काठमाण्डौं गएका परियार बैशाख १२ गते भक्तपुरको कृष्ण ईटाभट्टामा मजदुरी गर्ने छोरासँगै गाउँ फर्किएका थिए ।

परियारको थ्रोड स्वाबको नमूना परिक्षणका लागि रोल्पा अस्पतालबाट डाक्टरको टोलि मंगलबार पुगेको इप्रका घर्तीगाउँले जनाएको छ । परियार बसेको क्वारेन्टाइनमा ६५ जानरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्