भारतमा कोरोनाः १ हजार भन्दा धेरैको मृत्यु, संक्रमितको संख्या ३१ हजार पार

काठमाडौँ – भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार नाघेको छ ।

वल्ड्रोमिटरको पछिल्लो तथ्याङ्क अनुसार भारतमा पछिल्लो २४ घण्टामा ६९ जनाको मृत्यु भएपछि जम्मा मृत्यु हुनेको संख्या १ हजार ८ पुगेको छ । यहाँ एकै दिनमा १८ सय भन्दा बढी संक्रमित भेटिएका छन् । यो सँगै संक्रमित हुनको संख्या ३१ हजार नाघेको छ । यहाँ उपचारपछि ७ हजार भन्दा बढी निको भइसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्