भट्टराईले ओलीको आलाेचना गर्दा गर्दा रेडियो नेपालले माफी माग्यो

काठमाडौं – पूूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एउटा अन्तर्वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘अशिष्ट’ भाषा प्रयोग गरेको भन्दै रेडियो नेपालले माफी मागेको छ ।

सोमबार विहान साढे ६ बजे प्रसारित ‘अन्तरसम्वाद’ कार्यक्रममा जनता समाजवादी पार्टीका नेता समेत रहेका डा. भट्टराईले प्रयोग गरेका शब्दलाई लिएर रेडियो नेपालले माफी मागेको हो ।

विकास समितिका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले विज्ञप्ती जारी गरेर क्षमा मागेका हुन् । ‘‘पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई अतिथिका रुपमा निम्त्याइएकोमा उहाँले सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूप्रति लक्षित गरी प्रयोग गर्नुभएको भाषा र विचारले हामीलाई दुःखी तुल्याएको छ’, विज्ञप्तिमा भनिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्