महंगो मुल्य लिएको भन्दै भाटभटेनीलाई ३ लाख जरिवाना

काठमाडौँ – भाटभटेनी सुपरमार्केटले उपभोग्य वस्तुको मूल्य तोकिएको भन्दा धेरै लिएको भन्दै सरकारले जरिबाना गरेको छ ।

बाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको बजार अनुगमन टोलीले तोकिएको बजार मूल्यभन्दा बढी मूल्य लिएको पाइएको थियो । विभागले भाटभटेनीलाई ३ लाख जरिवाना गरिएको जानकारी दिएको छ । लकडाउनको समयमा बजारमा अधिक मूल्यमा उपभोग्य सामग्री बिक्रीवितरण हुनसक्ने भन्दै विभागले बजारअनुगमन जारी राखेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्