ओली र नेपाल पक्षका नेताहरुको बैठक सकियो, मंगलबार सचिवालय बैठक बस्ने

काठमाडौँ – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा देखिएको विवादबारे छलफल गर्न वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा बसेको बैठक सकिएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालको कोटेश्वरस्थित भएको वार्तामा प्रधानमन्त्री ओली निकटका ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल र प्रदीप ज्ञवाली सहभागी भएका थिए । नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त सहभागी थिए ।

अनौपचारिक कुराकानी भएको तर कुनै निर्णय नभएको छलफलमा सहभागि एक नेताले बताए । मंगलबार पार्टी सचिवालय बैठक बस्ने ती नेताले जानकारी दिए ।

‘भोलि सचिवालय बस्छ, त्यसपछाडि स्थायी कमिटीमा अलि मिलेर जानुपर्छ अहिलेकै समस्या लिएर स्थायी कमिटिमा जाने हो भने झन भद्रगोल हुन्छ,’ नेपाल निकट एक नेताले भने । कम्तिमा एकखालको समस्यालाई छोट्याएर जाऊ भन्ने खालको कुरा भयो ।’

नेपाल र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक ठाउँमा उभिएपछि प्रधानमन्त्री ओली पार्टी्भित्र अल्पमतमा छन् ।

नेकपाभित्र सरकारको समीक्षाको माग गर्दै स्थायी समिति सदस्यले बैठक बोलाउन माग गर्दै अध्यक्षद्वयलाई आग्रह गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्